२१ पुष २०८२, सोमबार | Mon Jan 5 2026

सोमबार सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

८ मंसिर, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनकाे मूल्य तोलामा एक हजार ९०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार ११:०१