१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

चार राष्ट्रका समुदायिक क्लवहरु विच महिला क्रिकेट प्रतियोगिता

एडिलेड । नेप्लिज क्रिकेट एशोशियसन (एन्का)ले क्रिकेट खेलकुदमा महिलाहरुको थप विकासका लागि साउथ अष्ट्रेलिया रहेका चार देशका सामुदायिक क्लवहरु विच यहि नोभेम्वर २९ शनिवार मैत्रिपुर्ण प्रतिय़ोगिता आयोजना गर्ने भएको छ ।

एलसिए एन्का फ्रेन्डसिप कपमा नेपाली , भारतिय , पाकिस्तानी र श्रीलंकन समुदायका महिला टिम बिच प्रतियोगिता हुने एन्का अध्यक्ष विजय जोशीले बताउनु भयो । जोशीले प्रतियोगिताको मुख्य लक्ष्य प्रिमियर क्रिकेटका लागि प्रतिभाशाली महिला क्रिकेटरहरूलाई पहिचान गर्नु र हुर्काउनु साथै क्रिकेटको शक्ति मार्फत हाम्रो बहुसांस्कृतिक समुदायलाई एकसाथ ल्याउनु भएको बताउनु भयो ।

दोस्रो पटक एन्काले गर्न लागेको प्रतियोगितामा विजयी टिमलाई कप तथा मेडल प्रदान गरिने एन्का अध्यक्ष जोशीले बताउनु भयो । जोशीले विगतमा महिला क्रिकेट साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन (शाका)ले गरेकोमा हाल विविध कारणले हुन नसकेको अवस्थामा एन्काले क्रिकेटलाई सबैको लागि खेल बनाउने” उद्देश्यद्वारा निर्देशित भएर – यो प्रतियोगिता समावेशीता, अवसर र एकतालाई मूर्त रूप दिन आयोजना गर्न लागेको समेत बताउनु भयो ।

जोशीले सम्पुर्ण नेपाली समुदायलाई प्रतियोगितामा उपस्थित भएर खेलाडीहरुको हौसला बढाउन समेत अनुरोध गर्नु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक लिभेबिलिटी केयर अष्ट्रेलिया (एलसिय) रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार ०२:०३