११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

७ मंसिर, काठमाडाैं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २१ करोड ६ लाख रुपैयाँको रु.१०० अंकति दरका २१ लाख ६ हजार कित्ता अर्थात २०% प्रतिशत साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाइ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच लक्ष्मी सन्राइज क्यापिटलमा मंसिर ०७ गते द्विपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता भएको छ ।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ ।

साथै, बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्र को लागि योग्य संस्थागत लगानीकर्ता को रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ ।

प्रकाशित मिति : November 23, 2025 at 5:54 pm