पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
७ मंसिर, काठमाडाैं । पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँ महानगरपालिका-१० बानेश्वरस्थित थापागाउँको घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयाे ।
खनियाँ घरमै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। खनियाँ रेडियो अडियोका सञ्चालक हुन्। उनका श्रीमती र एक छोरी छन्।
प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १६:०८












