१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

२६०० बिन्दुमा पुग्यो नेप्से, सवा ६ अर्बको कारोबार

७ मंसिर, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ३९.९२ अकंले बढेर २६००.२२ बिन्दुमा कायम भएको छ । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ को स्थिर रहेकाे छ ।

आज ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

यस दिन तीन कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन बन्दीपुर केवलकार, सागर डिस्टीलरी र झापा इनर्जीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ७.६५ प्रतिशत घटेको छ।

आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ६५ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १५:२३