१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा भाग लिन कांग्रेसले गर्यो दल दर्ता

७ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा पुगेर दुई निर्वाचनका लागि दल दर्ता गराउनुभएकाे हाे ।

माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन छ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि आजसम्म दल दर्ता समय दिएको थियो भने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिने समय छ।

प्रकाशित मिति : November 23, 2025 at 2:28 pm