२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

युएईविरुद्धकाे टी-२० सिरिजकाे पहिलाे खेलमा नेपाल २१ रनले पराजित

१७ माघ, काठमाडाैँ । नेपाल युएईविरुद्धकाे टी-२० सिरिजकाे पहिलाे खेलमा २१ रनले पराजित भएकाे छ । युएईले दिएकाे एक सय ५४ रन पछ्याउने क्रममा नेपालले १९.६ ओभर खेल्दै ७ विकेटको क्षतिमा एक सय ३२ रन बनायो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसम्म जोड्न सकेनन् ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार १८:१२