आशा लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत
७ मंसिर, काठमाडौं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । लघुवित्तलाई राष्ट्र बैंकले गत आर्थिक बर्षका लागि लाभांश प्रदान गर्न मंसिर ५ गते स्वीकृती प्रदान गरेको हो ।
कम्पनीले गत आर्थिक बर्षकाे वितरणयोग्य मुनाफाबाट ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृत भएसँगै अब उक्त लाभांश कम्पनीकाे आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १०:३५












