१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

नेप्सेमा श्रीनगर एग्रीटेकको सेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

५ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको सेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता सेयर सूचीकृत भएको हो।

नेप्सेमा कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता गरी कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता सेयर सूचीकृत भएको हो। नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि १०० रुपैयाँ ५९ पैसादेखि ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबार कम्पनीको पहिलो कारोबार हुनेछ।

प्रकाशित मिति : November 21, 2025 at 1:25 pm