७ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्दै एभरेष्ट कलर
५ मंसिर, काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ९० लाख सेयर पूँजी बराबरको ५० अंकित दरको ७ लाख ८० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।
आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा बाेलाएकाे छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बेठकले मंसिर २९ गते भक्तपुरको कौशलटारमा रहेको त्रिशक्ति ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सभा बाेलाएकाे हाे ।
सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै वित्तीय विवरणहरु समेत पारित हुनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार ११:४७












