२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

५ मंसिर, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । यस दिन सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेकाे हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, यस दिन चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार ११:०३