सुपर मादिले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
५ मंसिर, काठमाडौं । सुपर मादि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
साथै, सो बैठकले पुस ४ गते होटल इम्पेरियलमा १६ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १०:३८













