१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

५ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सोल्टी होटल र साहस उर्जाको सेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन सोल्टी होटलको १५ प्रतिशत र साहस उर्जाको २१ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात सोल्टीको सेयरमूल्य ४७४ रुपेयाँ ८७ पैसा कायम भएको छ भने साहसको सेयरमूल्य ५५५ रुपैयाँ ३७ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। बिहीबार दोस्रो बजारमा सोल्टीको सेयर प्रतिकित्ता ५४६ रुपैयाँ र साहसको सेयर प्रतिकित्ता ६७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। साेही मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : November 21, 2025 at 10:26 am