२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

महाधिवेशनका लागि एमालेले बनायो ११ उपसमिति, अर्थमा विष्णु प्रचारमा पद्मा

४ मंसिर, काठमाडौँ । नेकपा (एमाले)ले महाधिवेशन  तयारीका लागि विभिन्न ११ उपसमिति गठन गरेको छ । बिहीबार पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले ११ उपसमिति गठन गरेको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव रहेको आर्थिक समिति बनाएको छ । यस्तै पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति गठन गरेको छ ।

बैठकपछि ज्ञवालीे दिएको जानकारी अनुसार गठन भएका उसमसितिहरू यस प्रकार रहेका छन ।

आर्थिक समिति

• संयोजक: विष्णु रिमाल

• सचिव: विना श्रेष्ठ

प्रचार समिति

• संयोजक: पद्मा अर्याल

• सचिव: राजेन्द्र गौतम

प्रतिनिधि व्यवस्थापन समिति

• संयोजक: काशीनाथ अधिकारी

• सचिव: माधव ढुंगेल

जनपरिचालन समिति

• संयोजक: प्रदीप ज्ञवाली

• सचिव: राजन भट्टराई

आवास व्यवस्थापन समिति

• संयोजक: छविलाल विश्वकर्मा

• सचिव: लालबाबु पण्डित

खाद्य व्यवस्थापन समिति

• संयोजक: लेखाराज भट्ट

• सचिव: भीष्म अधिकारी

यातायात व्यवस्थापन समिति

• संयोजक: गोकर्ण विष्ट

• सचिव: रचना खड्का

अतिथि सत्कार समिति

• संयोजक: रघुवीर महासेठ

• सचिव: महेश बर्तौला

स्वयम्सेवक परिचालन समिति

• संयोजक: भानुभक्त ढकाल

• सचिव: विनोद पाण्डे

मञ्च व्यवस्थापन समिति

• संयोजक: विनोद श्रेष्ठ

• सचिव: लोकबहादुर भण्डारी

स्वास्थ्य समिति

• संयोजक: कृष्ण गोपाल श्रेष्ठ

• सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार २१:४८