२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पहिलो टी-२० म्याचमा यूएईद्धारा नेपालसामू १५४ रनको विजय लक्ष्य प्रस्तुत

१७ माघ, काठमाडाैँ । पहिलो टी-२० म्याचमा यूएईले नेपालसामू १५४ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।  आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो । नेपालले केहीबेरमा जवाफ व्याटिङ गर्नेछ ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई-दुई विकेट लिएका छन् । त्यस्तै सोमपाल कामी र अभिनाश बोहोराले एक-एक विकेट लिए । करण केसी महंगो सावित भए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार १६:५२