साहस उर्जामा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
४ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ०.९३ अंकले घटेर २५६०.१५ को बिन्दुमा बन्द भएको छ । यस दिन ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन साहस उर्जाको सेयर सर्वाधिक कारोबार भएको छ । त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाईड्रोपावर, युनियन हाईड्रोपावर, राद्यी विद्युत्, नेपाल रि, देर्दी खोला, श्वेत गंगा, बुंगल हाईड्र्रोपावर र शिवम् सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १५:१२










