स्वावलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
४ मंसिर, काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।
प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार ११:४७












