२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सिप्रदी अटोपार्ट्सको लक्की ड्रमा विजेताहरूले जिते मोटरसाइकल, स्मार्टफोन र स्मार्ट टिभी

३ मंसिर, काठमाडौं। सिप्रदी अटोपार्ट्स प्रालिद्वारा देशभर सञ्चालन गरिएको ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ योजना अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ । उच्च सहभागिता र ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले थप उत्साह भरेको यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको नतिजा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

२८ कात्तिकमा आयोजित टाटा जेन्युइन पार्ट्स टाइगर्स मिट २०२५ कार्यक्रममा विशेष रुपमा लक्की ड्रका विजेताहरू घोषणा गरिएका थिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो ।

कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले भाग्यशाली विजेताहरू छानेका थिए ।

यस वर्षको लक्की ड्रमा बम्पर पुरस्कारअन्तर्गत बजाज पल्सर १५० सीसी मोटरसाइकल इस्टर्न रोडलाइफले जित्न सफल भयो, जसले टाटा जेन्युइन पार्ट्स बंगलामुखी मोटर ट्रेडर्स विराटनगरबाट खरिद गरेको थियो । दोस्रो ठूलो पुरस्कार टीभीएस एनटर्क १२५ सीसी काठमाडौंको कुलेश्वरस्थित विज्ञान अटोमोबाइल्सबाट खरिद गर्ने ग्राहक सगर राउतले हात पारे ।

स्मार्ट टिभीको पुरस्कार गोयन्का फुड्सले जित्यो, जुन बुटवलस्थित गण्डकी अटो ट्रेडिङबाट किनिएको थियो । यस्तै, स्मार्टफोन ओन्डरल्यान्ड बोर्डिङले जित्यो, जसले डामकको एसटी ट्रेडर्समार्फत खरिद गरेको थियो ।

सिप्रदी अटोपार्ट्सका अनुसार टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनको सुरक्षा, दीर्घायु र उत्कृष्ट प्रदर्शनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन् । यी सबै कारणले ग्राहकहरूको विश्वास र रुचि दिनप्रतिदिन बढ्दै गएको छ ।

सिप्रदी अटोपार्ट्स प्रालिले नेपालभर गुणस्तरीय सक्कली पार्ट्स उपलब्ध गराउँदै भरपर्दो बिक्रीपछिको सेवा र ग्राहकमैत्री योजनामार्फत ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार ११:३२