२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

३ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार ११:१५