८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

आईपीओ निष्काशन गर्दै हिमालयन इनर्जी, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

२ मंसिर, काठमाडाैं । हिमालयन इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकाे छ । सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा हिमालयन इनर्जी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार अब सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जी लिमिटेडको सार्वजनिक निष्काशन (आईपीओ) का लागि बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ।

हिमालयन इनर्जी लिमिटेडले दोलखा जिल्ला, कालिन्चोक–१, थामी गाउँमा ‘कालिन्चोक जलविद्युत आयोजना’ निर्माण गर्दै आएको छ, जसको क्षमता ३ मेगावाट रहेको छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १७:३७