५ कम्पनीको सेयरमा सर्किट, कुनको मूल्य कति बढ्यो ?
२ मंसिर,काठमाडौं । साताको तेस्रो कारोबारको मंगलबार सेयर बजारमा सुधार आएको छ । आज नेप्से १५.७० अंकले बढेर २५६६.०७ को विन्दुमा कायम भएको हो । मंगलबार २०७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।
यस दिन ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन ५ कम्पनीको सेयरमा सर्किट लागेको छ । सागर डिष्टिलरी, माबिलुङ्ग इनर्जी,बुङ्गल हाइड्रो, झापा इनर्जी र बन्दिपुर केवलकारको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १५:१६













