सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
२ मंसिर, काठमाडौं। स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने छापावाल सुन प्रतितोला २ लाख ४३ हजार ३ सय कायम भएको थियो । यस्तै आज चाँदीको भाउ पनि ६५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार ११:०२












