७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नेप्सेमा सामान्य अंकले सुधार, १६७ कम्पनीको सेयर मूल्य बढ्यो

१ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ९.७८ अंकले बढेर २५५०.३६ को बिन्दुमा बन्द भएको छ । सेयर बजारमा १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने ७६ कम्पनीको सेयर मूल्य घटेको छ १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन सहास उर्जा लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । यस दिन बन्दीपुर केवलकार, सागर डिस्टीलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको हाे । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ९.९९ प्रतिशत घटेको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १५:२४