सुजन कडरियाको राजीनामा स्वीकृत, दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष
१ मंसिर, काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले अध्यक्षबाट डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । बसेको बैठकले धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ कडरियाले सामाजिक सन्जालमा लेख्नुभएकाे छ, ‘यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु ।’
गत भदौ २३ को जेनजी आन्दोलनपछि कडरियाले पदबाट राजीनामा घोषणा गर्नुभएकाे थियाे । साथै, उक्त बैठकले महासचिवमा उपाध्यक्ष रहनुभएकी अञ्जना सिवाकोटीलाई चुनेको छ।
प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १४:३४








