खानी खोला हाईड्रोपावरको अवितरित हकप्रद सेयर बाँडफाँड
१ मंसिर, काठमाडौं । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक १२ गतेदेखि १९ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको सर्वसाधारण समूहतर्फको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर कात्तिक २७ गते बाँडफाँड भएको हो ।
बाडँफाँडको अन्तिम मूल्य (कटअफ मूल्य) २१० रुपैयाँ निर्धारण भएको छ। उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको छ । साथै, आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी मंसिर १ गतेबाट हुने कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १३:१९













