१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

नेपाल बैंकको ८९ औं वार्षिकोत्सव सम्पन्न

१ मंसिर, काठमाडाैं ।  नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह  सम्पन्न गरेको छ। कात्तिक ३० गते बैंककाे प्रधान कार्यालयको प्राङ्गणमा वार्षिकोत्सव समारोह  सम्पन्न भएकाे हाे ।

वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गर्नुभएकाे थियाे । नेपालभर २३१ शाखा, २३७ एटिएम साथै ६१ वटा एक्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिंङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

करिव १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत् बैंकिंङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : November 17, 2025 at 12:00 pm