आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१ मंसिर, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार ११:१५












