शिवम् सिमेन्ट्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
१ मंसिर, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यसका साथै सो बैठकले मंसिर २५ गते, बिहान साढे १० बजे साधारण सभा बोलाउने निर्णय गरेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १०:३१













