एक बैंकको लाभांश सेयरधनीको बैंक खातामा, तपाईकोमा आयो त ?
३० कात्तिक, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीको बैंक खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकले साधारण सभा सकिएको केही समयभित्रै सेयरधनीको बैंक खातामा लाभांश जम्मा गरेको हो ।
बैंककाे सभा आजै भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान सम्पन्न भएकाे थियाे । सभाले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गरेकाे थियाे । त्याे मध्ये कर कटाएर नगद लाभांश शेयरधनीकाे बैंक खातामा जम्मा गरेकाे हाे ।
प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १८:२०












