ओम मेगाश्री फर्मास्युटिकल्स २ करोड ३० लाख घाटामा
३० कात्तिक, काठमाडाैं। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनी २ करोड ३० लाख रुपैयाँ घाटामा रहेको छ । गत असार मसान्तसम्म कम्पनी ८९ लाख २८ हजार नाफामा थियो ।
यो अवधिमा कम्पनीको आम्दानी ८१.४३ प्रतिशतले घटेर ५ करोड १६ लाखमा सीमित बनेको छ पहिलो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ६ करोड १८ लाख रुपैयाँले ऋणात्मक बनेको छ भने अन्य रिजर्भमा ६ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १५.३८ रुपैयाँले ऋणात्मक रहेकाे छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १००.०९ रुपैयाँ रहेकाे छ ।
प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १६:४१












