१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

९९ करोड ४७ लाखको साधारण सेयर निष्काशन गर्न बोर्डको अनुमति

३० कात्तिक, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले ९९ करोड बराबरकाे साधारण सेयर निष्काशनकाे अनुमति दिएकाे छ । धितोपत्र बोर्डले चालु आर्थिक वर्षको तीन महीनामा ९९ करोड ४७ लाख बराबरको साधारण सेयर निष्काशन गर्न अनुमति दिएकाे हाे ।

नेपाल राष्ट्र बैंकका अनुसार याे अवधिमा धितोपत्र बोर्डले ६ अर्ब १८ करोड बराबरको म्युचुअल फण्ड र ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर गरी कुल रु.१० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १४:००