२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो

३० कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे छ । अघिल्लो काराेबारकाे दिन छापावाल सुन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार १३५ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार ११:१०