७ असार २०८३, आइतबार | Sun Jun 21 2026

आशा लघुवित्तको लाभांश घोषणा

३० कात्तिक, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : November 16, 2025 at 10:36 am