१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

शिवम् सिमेन्ट्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

३० कात्तिक, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १५३८.१६ प्रतिशत बढेको हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको  थियाे ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९.०३ प्रतिशत बढेको छ भने कुल नाफा २१५.०७ प्रतिशत बढेको छ। याे अवधिमा कम्पनीको अन्य आम्दानी  १.९७ प्रतिशत घटेको छ।

५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ३ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३७ पैसा, प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ १८ पैसा र  मूल्य आम्दानी अुनपात ३६.४२ गुणा रहेको छ।

प्रकाशित मिति : November 16, 2025 at 10:04 am