१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

सोनापुर मिनरल्सको बिक्री आम्दानी बढ्यो, नाफा कति ?

३० कात्तिक, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ ।

यो अवधिसम्म कम्पनीले बिक्रीमार्फत ६६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९५.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको बिक्री तथा वितरण खर्च ४९ लाख ४५ हजार रुपैयाँ,ह्रासकट्टी खर्च ५ करोड ४६ लाख र प्रशासनिक खर्च ४ करोड १ लाख रुपैयाँ रहेको छ ।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा, प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अुनपात ७१.३० गुणा रहेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार ०९:४१