१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

३० कात्तिक, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३२ करोड ४२ लाख रुपैयाँ नाफामा पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.७७ प्रतिशत र कुल नाफा ४०८.८१ प्रतिशत बढेको छ। यो अवधिमा कम्पनीको वित्त खर्च १५.९१ प्रतिशतले घट्दै ६ करोड ६१ लाखमा सीमित बनेको छ । कम्पनीले ५ करोड ४५ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी  २६ रुपैयाँ ७ पैसा, प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ११ पैसा र  मूल्य आम्दानी अुनपात ३१.९१ गुणा रहेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार ०९:३०