२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

गोकर्ण विष्ट र रामकुमारी झाँक्री एकै मञ्चमा

२९ कात्तिक, गुल्मी । गोकर्ण विष्ट र रामकुमारी झाँक्री एकै मञ्चमा देखिनुभएको छ । नेकपा (एमाले) गुल्मीले शनिबार आयोजना गरेको संविधानको रक्षा र प्रतिगमनविरुद्धको सभामा २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको गोकर्ण विष्ट र रामकुमारी झाँक्री एकैमञ्चमा देखिनुभएको हो ।

निर्वाचनमा विष्ट विजेता र झाँक्री उपविजेता हुनुभएको थियो । झाँक्री कांग्रेस, माओवादी र समाजवादीसहित पाँच दलको सझा उम्मेदवार हुनुहुन्थ्यो भने विष्ट एमालेको उम्मेदवार हुनुहुन्थ्यो । केही दिनअघि एमालेमै फर्किएपछि झाँक्री एमालेको गतिबिधिमा फर्किनुभएको हो । उहाँ एमाले फर्किएपछि शनिबार गुल्मीमा पहिलो कार्यक्रममा सहभागी हुनुभएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार १७:४६