चलचित्र निर्माता संघमा श्रीधर पाैडेलसहित केही निर्विरोध निर्वाचित
२९ कात्तिक, काठमाडाैँ । नेपाल चलचित्र निर्माता संघमा कोषाध्यक्ष र कार्यसमितिका सदस्य निर्विरोध निर्वाचित भएका छन । शनिबार उम्मेदवारी दर्ताको समय सकिने समयसम्म कोषाध्यक्ष र सदस्यहरूमा अावश्यक भन्दा बढी उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा सुनिलकुमार थापा र उदय सुब्बाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । त्यस्तै उपाध्यक्षमा दीपेन्द्र के खनाल, राैनकविक्रम कडेँल लगायत हुनुहुन्छ । समितिको कोषाध्यक्षमा राम रिजाल निर्विरोध हुनुभएको छ ।
सदस्यमा पनि श्रीधर पाैडेलसहित निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यमा निर्वाचित हुनुभएको पाैडेल किसानको आवाज बुलन्द रूपमा प्रस्तुत गर्ने चलचित्र ‘गोपी’, फरक स्वादको कथा समेटिएको ‘बहाव’ तथा छिट्टै छायांकनमा जान तयारी भइरहेको प्रेमकथा ‘मुना-मदनको ब्रेक अप’ का निर्माता हुनुहुन्छ भने लोकप्रिय फोटो पत्रकार हुनुहुन्छ ।
प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार १६:३९












