जागरणका नाममा देशभर शक्ति प्रदर्शन गर्दै एमाले
२९ कात्तिक, काठमाडौँ । २०८२ भदौ २३ को जेनजी प्रदर्शन र भदौ २४ को जेनजी विद्रोहले सत्ताबाट सडकमा पुगेको नेकपा (एमाले)ले आज देशभर जागरणसभाका नाममा शक्ति प्रदर्शन गर्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको इच्छामा संसद पुनस्थापनाको माग राखेर एमालेले शक्ति प्रदर्शन गर्न लागेको हो ।
अध्यक्ष ओलीकै सिफारिसमा गठन भएको नागरिक सरकार र जेनजी आन्दोलनलालाई नै ‘प्रतिगामी षड्यन्त्र’भन्दै आएको एमालेले सबै जिल्लाको सदरमुकाममा शक्ति प्रदर्शन गर्दैछ ।
आजको शक्ति प्रदर्शनअघि एमालेले पालिका र वडा स्तरमा समेत यसअघि नै प्रदर्शन र भेला गरिसकेको छ । एमालेले मंसिर ६ मा काठमाडौँमा पनि प्रदर्शन गर्ने जनाएको छ ।
प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार ११:०१












