बाबुरामको पार्टीसहित तीन शक्तिबिचको एकताको सहमति
२८ कात्तिक, काठमाडौं । आज मात्रै रास्वपा छाड्नुभएका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने हुनुभएकाे छ।
नेसपा (नयाँ शक्ति) की संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती र सन्तोष परियारबीच आज ५ बुँदे सहमति भएको हो। ‘एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिह्न एउटै बनाउन सहमति जनाउदछौँ। मंसिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौं,’ सहमति पत्रमा उल्लेख छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १७:३०












