२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

साहस उर्जाले बाेलायाे साधारण सभा, बुक क्लोज कहिले ?

२८ कात्तिक, काठमाडाैं। साहस उर्जा लिमिटेडले साधारण सभा बाेलाएकाे छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २४ गते काठमाडाैंकाे बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा साधारण सभा बाेलाएकाे हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा सेयरधनीहरुका लागि गत आवका लागि प्रस्तावित २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । साथै, सभामा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १७:१३