२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेप्सेमा झापा इनर्जीको सेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

२८ कात्तिक,  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झापा इनर्जी लिमिटेडको सेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा  कम्पनीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता सेयर गरी कुल ३८ लाख १ हजार ९०० कित्ता सेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ।

प्रकाशित मिति : November 14, 2025 at 12:43 pm