२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

१३.९८ प्रतिशतले बढ्यो नेशनल लाइफको खुद बीमाशुल्क आर्जन

२८ कात्तिक, काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ अर्ब ५२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १३.९८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिसम्म १४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.८१ प्रतिशतले बढी हो । कम्पनीले गत आवमा १३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीले ७ अर्ब ३१ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवसम्म ६ अर्ब ३० करोड रुपैयाँबराबरको रहेको कुल खर्च बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १०.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.११ गुणा कायम भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार ११:२३