१६ कार्तिक २०८३, आइतबार | Mon Nov 2 2026

२८.५२ प्रतिशतले बढ्यो ग्रीन भेन्चर्सको नाफा

२८ कात्तिक, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३० करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.५२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २३ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.४६ प्रतिशत बढेको छ भने कुल नाफा ४.८१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा ४.७९ प्रतिशत बढेको छ। याे अवधिमा कम्पनीको वित्तीय खर्च ३०.७९ प्रतिशत घटेको छ।

३ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ७१ करोड ५३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ २५ पैसा, प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात १३.३९ गुणा रहेको छ।

प्रकाशित मिति : November 14, 2025 at 11:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/