सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
२८ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी तोलामा ६० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार ११:०२












