२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२८ कात्तिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

याे अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १३.१८ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्म कम्पनीले १३ अर्ब ३६ करोड बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ११ अर्ब ८१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले १८ अर्ब ३६ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी १७ अर्ब ९७ करोड रहेको थियो ।

९ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ७० करोड ६७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५५ पैसा, मूल्य आम्दानी अनुपात ७७.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १४ पैसा रहेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १०:२६