२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

१० लाख कित्ता आइपीओ निष्काशन गर्दै जस्मिन पेन्ट्स, बोर्डसँग माग्यो अनुमति

२७ कात्तिक, काठमाडौं। जस्मिन पेन्ट्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ निष्कासन गर्न गत भदौ १८ गते धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १७:४२