२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेपालको यूएईविरुद्धको पहिलो टी–२० आज

१७ माघ, काठमाडाैँ । यूएईसँगको एक दिवसीय (ओडीआई) शृंखला २–१ ले आफ्नो पक्षमा पार्दै ऐतिहासिक जित दर्ता गरेको  नेपालले अाज तीन खेलको टी–२० आई अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल खेल्दै छ । नेपाल यूएईबीचको खेल दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि सुरु हुनेछ ।

यूएईविरुद्धको एकदिवसीय सिरिजले हौसिएको नेपाललाई जित हात पार्न कठिन छ । तर, खेलाडीहरू पछिल्लो समय टी–२० क्रिकेटमा भिजेका कारण नेपाललाई आफ्नो लक्ष्य प्राप्तिमा खासै समस्या नहुने क्रिकेटका जानकारहरू बताउँछन । नेपालले अहिलेसम्म यूएईविरुद्ध टी–२० का कुनै पनि खेल खेलेको छैन । अन्य प्रतियोगिता र अभ्यास खेलमा भने नेपालले यूएईसँग प्रतिस्पर्धा गरिसकेको छ ।

नेपालले हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल खेलेको छ । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकप खेलेको नेपालले सोही वर्ष हङकङसँग श्रीलंकामा पहिलोपटक पाँच खेलको सिरिज खेलेको थियो । नेपालले नेदरल्यान्डविरुद्धको पहिलो सिरज १–१ को बराबरीमा सकिएको थियो । नेपाली क्रिकेट टोली अहिले समान ३–३ ओडीआई र टी–२० आई सिरिजका लागि संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार ०९:२५