हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२७ कात्तिक, काठमाडाैं । साताको अन्तिम कारोबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार आएको छ । यस दिन नेप्से ०.३१ अंकले बढेर २५४४.९१ को विन्दुमा कायम भएको हो ।
बिहीबार ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । आज हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे १६ करोड ८० लाखकाे काराेबार भएकाे हाे ।
त्यस्तै, आज हिमालयन डिस्टीलरी लिमिटेडको १३ करोड ९१ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १३ करोड ३० लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १३ करोड ५ लाखकाे कारोबार भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १५:१९













