बिक्री आम्दानीसँगै घट्यो हिमालयन डिष्टिलरीको नाफा
२७ कात्तिक, काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५४.६१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो ।
कम्पनीको खुद बिक्री आम्दानी पनि २७.६३ प्रतिशतले घटेर १ अर्ब ७ करोड करोड रुपैयाँ कायम भएकाे छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत १ अर्ब ४८ करोड रुपैयाँ कमाएको थियो । कम्पनीको कर्मचारी सुविधा खर्च ६ करोड ८ लाखबाट बढेर ८ करोड ९ लाख, प्रशासनिक तथा अन्य खर्च २ करोड १८ लाखबाट बढेर ३ करोड २३ लाख , बिक्री तथा वितरण खर्च ७ करोड ४ लाखबाट बढेर १२ करोड १९ लाख रहेकाे छ ।
३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७५ पैसा, प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा र मूल्य आम्दानी अनुपात १११.५२ गुणा रहेको छ।
प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार ०९:४५













